October 26, 2019 12:05 pm
काठमाडौं – चर्चित र्यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् ।
अ’भद्र व्यवहारको आ’रोपमा म्याद लिई थुनामा राखेका र्यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । राईका अनुसार भिटेन साधारण तारिखमा रिहा भएका हुन् ।
महानगरीय प्रहरी अप’राध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट प’क्राउ गरेको थियो ।
‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई प’क्राउ गरिएको थियो । प’क्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।