• बैतडी डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

    October 26, 2019     11:02 am

    बैतडी – दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी  गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बे’होस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए ।

    गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो । जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताए । “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने ।  

    नेकपाको ध्यानाकर्षण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले गत सोमबार स्थानीयवासीबीच वि’वाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

    नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले आज विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि  नगरपालिकाले आश्वासन दिएको बताए । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाई अर्को सडक खन्न लगाउँदा विवाद भएको पालको आरोप छ ।

    काङ्ग्रेससँग आबद्ध शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गरिरहेका बेला एक्कासी निर्माण गर्ने पक्षमाथि आ’क्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।  दशरथचन्द नगरपालिकाले विगतदेखि बिना योजना दर्जनौँ सडक निर्माण गरी करोडौँ रुपैयाँ खर्च गरेकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार’वाही गर्न नेकपाले आग्रह गरेको छ । 

    उक्त घटना सत्ता र शक्तिका आडमा भएको काङ्ग्रेसको केन्द्रीय छानबिन समितिको निष्कर्ष छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले यहाँ पत्रकार सम्मेलन गर्दै घटनालाई उ’त्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाको आरोप छ । काङ्ग्रेसको छानबिन टोलीले घटनास्थलमा पुगेर स्थानीयसँग छलफल गरेको थियो ।

    बिना सम्झौता सडक खनियोः नगरपालिका : दशरथचन्द नगरपालिकाले उक्त सडक खन्न आर्थिक वर्ष २०७४÷७५ मा रु चार लाख विनियोजन गरिएको र सो रकम बराबरको काम सम्पन्न भइसकेको जनाएको छ । हाल सो सडकका लागि बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको नगरपालिकाले जनाएको छ । “योजना निर्माणका लागि नगरपालिकासँग सम्झौता भएको छैन”, नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    चालकसहित चार जनाविरुद्ध मु’द्दा : गौरीलाई डोजर लगाएर हुत्याउने चालक किशोर बोहरा, डोजर मालिक भानीदत्त जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध प्रहरीले ज्यान मा’र्ने उद्योगमा मु’द्दा दर्ता गरी अनुसन्धान थालेको छ । कात्तिक ४ गते चिलाउने–पार्स सडक खन्ने क्रममा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन् । सडक खन्ने क्रममा दुई पक्षबीच झ’डप हुँदा अन्य सात जना सामान्य घा’इते भएका थिए । उक्त घ’टनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।