• भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने, ३ सय जनाको उद्धार

    October 26, 2019     10:50 am

    चितवन – चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा शनिवार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको हो । यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बन्ने छ ।

    सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको छ । सो क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ ।

    उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । महानगरकी प्रमुख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बाँस र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    मुलुकका १४ जिल्लामा आश्रम खोली करीब दुई हजार बेसहारालाई सडकबाट उद्धार गरिएको र तीमध्ये ८०० लाई परिवारमा पुनःमिलन गराई सकिएको मानवसेवा आश्रमले जनाएको छ । अध्यक्ष अधिकारीले भने, “सीमित स्रोत साधनको प्रयोग र जनमत सङ्कलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ ।”

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।