• घु’ससहित सब–इञ्जिनीयर र डोजरचालक रङ्गेहात समातिए

    October 26, 2019     10:34 am

    काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात प’क्राउ गरेको छ ।

    शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घु’स माग गरिरहेको भन्ने उ’जुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको रु एक लाख बीस हजारसहित प’क्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले आज जनाएको छ ।

    आयोगले दुवै अभियुक्तलाई आफ्नै हि’रासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।