• अविवाहित महिलाले भत्ता पाउने

    October 23, 2019     11:40 pm

    रासस । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित ए’कल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।

    आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले विवाह नगरी ए’कल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सु’रक्षा नामक भत्ता दिने तथा उहाँहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति लिएको छ ।

    यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुरभत्ता दिएको थियो । सरकारले ए’कल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले ए‘कल पुरुषलाई पनि भत्ता दिने निर्णय विसं २०७५ भदौमा गरेको थियो भने दिपायल सिलगढी नगरपालिकाले पहिलोपटक विवाह नगरी बसेका एकल महिलालाई भत्ता दिने पहिलोपटक निर्णय गरेको हो ।

    नगरपालिकाले सीपमूलक तालीम तथा भत्ता दिने निर्णय गरेपछि यहाँका अधिकांश विवाह नगरी एकल जीवनयापन गरिरहेका महिला निकै खुशी भएको नगर उपप्रमुख शिवराज खड्काले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।