• नेवार समुदायले देशभर १३ गते नै भाइटिका लगाउने : पञ्चाङ समितिले स्वन्ति नखःलाई गडबड गर्दा अन्याैल

    October 23, 2019     10:34 pm

    शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ समितिलाई नेवाः परम्परा र व्यवहारलाई खेलवाड नगर्न सुझाव दिएका छन । सोमबार राजधानीमा नेपालभाषा मंकाः खलःद्धारा आयोजित अन्तरक्रियामा पञ्चाङ समितिले प्रकाशित गरेको पात्रो अनुसार नभई नेवाः परम्परा स्वन्ति नखः ९ लछिमि पुजा, म्ह पुजा, किजा पुजा ० गर्नु पर्छ ।

    पञ्चाङ समितिको पात्रो अनुसार स्वन्ति नखःमा देखिएको अन्यौलता प्रष्ट पार्दै जोशीले भने,‘ सयौं हजारौ बर्षदेखि चलिएको नेवारी परम्परा आफ्नै रिती थिति र गणित अनुसार चल्छ, यसमा अरुको हस्तक्षेप चल्दैन ।’ नेवाः परम्परा र व्यवहार अनुसार कार्तिक ११ गते लछिमि पुजा, १२ गते नेपाल संवत नयाँ वर्ष ९ न्हू दँ ० र म्ह पुजा र १३ गते किजा पुजा रहेको छ ।

    पञ्चाङ समतिको पात्रो अनुसार म्ह पुजा औंसिका दिन र दुतियाका दिन नेपाल संवत परिवर्तन हुने भनी गलत प्रचार प्रसार गरेर म्ह पुजा र नयाँ बर्ष अलग गरि विभाजन ल्याउनु र किजा पुजा प्रतिपदाको दिन गर्ने भनि विवादस्पद तिथि उल्लेख हुनु नेपालको मौलिक नेवाः संस्कृति र परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद र सरोकारवालाहरुका एकैमत रहेको विज्ञप्तीमा उल्लेख छ ।

    खस(आर्य समुदायको संस्कृतिलाई केन्द्रमा राखेर लिएको निर्णयले नेवाः परम्पराको संस्कृतिक संहार ९ अगतिगचब िनभलयअष्मभ ० गरिरहेको छ । राष्ट्रिय पञ्चाङ समितिले नश्लीय निर्णय लिएको, नेवाः परम्परा विपरीत नेवाः पर्वहरूको भाँडभैलो मचाउन लागेको छ । नेवाः परम्परामा साईत हेरेर पर्व मनाइँदैन, हरेक दिन आ(आफ्नै छुट्टै पर्व हुन्छ । नेवाः परम्परामा उक्त दिनको रात्रिकालीनमा जुन तिथि हुन्छ, त्यही तिथिलाई मानिन्छ । कहिल्यै पनि लछिमि पुजा र म्ह पुजा वा म्ह पुजा र किजा पुजा एकैदिनमा पर्दैन र गर्न सकिँदैन पनि । यदी खस(आर्य समुदालयलाई यसरी मनाउनु छ भने, त्यो विषय उनीहरूलाई मात्र लागु हुनुपर्छ तर सम्पूर्ण देश माथि नै यो संहारात्मक निर्णय लागु गर्न नहुने चर्को माग उठेको छ ।

    राष्ट्रिय पञ्चाङ समिति जस्तै नेपाल सम्बत नेवाः पञ्चाङ समिति स्थापना गरि नेवाः परम्परा अनुसार नेवाः हिसाबले तिथि मिति र सम्पूर्ण नेवाः नखः चखःहरू तोक्नुपर्छ भन्ने माग सहित यस नेपाल सम्बत ११४० नयाँ वर्षको भिंतुना र्यालि कार्तिक १२ गते मनाउने तयारी छ । नेवाः परम्परामा म्ह पुजा र किजा पुजा एकै दिन हुँदैन । रातीको समयमा म्ह पुजा गर्ने कि माइती गएर किजा पुजा गर्न जाने ? यस्तो अन्योलताले दीर्घकालीन रूपमा नेवाः परम्परालाई संहार गर्छ ।

    यस पालिको भिंतुना र्यालिमा यसको लागि जोडदार खबरदारी चलाउने निर्णय गरिएको छ । त्यसै गरी नेपाल सम्बतमा पनि गते प्रणाली थप गर्ने स औपचारिक कामकाजको लागि मिति प्रणालीको प्रयोग गर्ने र चाड पर्व मनाउन तिथि प्रणालीको प्रयोग गर्ने साथै नेपाल सम्बत नेवाः पञ्चाङ समिति स्थापना गर्नुपर्ने माग रहेको छ ।- gonewaissues

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।