• तपाईलाई मोटरबाटो चाहिएला हामी बनाइदिन्छौ‐ मुख्यमन्त्री गुरुङ

    October 23, 2019     9:56 pm

    पोखरा ६ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जा“गर चलाएर इलम गर्न चाहानेका लागि आवश्यक बातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन । जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री गुरुङले कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा काम गर्न चाहाने जनताको लागि सवै प्रकारको पुर्वाधारको ग्यारेण्टी गरिने दावी गरे । पोखरा महानगरपालिका वडा नं २८ माझठानामा बनेको खेल मैदान तथा स’हिद थमन परियार स्मृति भलिवल प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले आफ्नै ठाउमा केही गर्न चाहानेहरुलाई प्रोत्साहन गरिने बताए ।

    ‘तपाई के गर्न चाहनुहुन्छ त्यो हामीलाई भन्नुस, कृषिमा केही चाहनुहुन्छ तपाईलाई मोटरबाटो चाहिएला हामी बनाइदिन्छौ, वीउहरु हामी उपलब्ध गराउछौ, उत्पादन भएका समानका लागि कोल्डस्टोर बनाइदिन्छौ’ उनले भने ‘तपाई इलम गर्नोस आवश्यक पुर्वाधार हामी बनाइदिन तयार छौ’ । यसबाहेका उद्योग तथा व्यापार व्यावसायका लागि आवश्यक बाताबरण बनाइदिन आफुहरु तयार रहेको प्रष्ट्याए । ‘उद्योगका लागि विद्युत चाहिएला, कच्चा पदार्थ र समान बोक्न बाटो चाहिएला, बजार चाहिएला त्यो सवै बनाउन हामी लागिपरेका छौ’ उनले थपे ‘व्यापार गर्न पनि के के चाहन्छ त्यो पुर्वाधारका लागि हामी तयार छौ ।’

    पाच बर्ष भित्र प्रदेशलाई खाद्यन्न आत्मनिर्भर गर्ने उदेश्यका साथ अगाडि बढेको जानकारी गराउदै गाउका बा“झो रहेका बारीहरु हरियाली नभए सम्म उदेश्य पुरा हुन संभव नभएको बताए । उनले जनताको आधारभुत आवश्यकता पुरा गर्न प्रदेश सरकार लागि परेको बताए । शिक्षा, स्वास्थ्य जस्ता अत्यवश्यक सेवाहरु चाडै जनताका लागि सर्वसुलभ बनाइने मुख्यमन्त्रीको भनाई थियो । नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले स’हिद देखाएको सपना साकार पार्न सके स’हिदप्रति सच्चा सम्मान हुने बताए । कार्यक्रम प्रदेश सांसदहरु दिपक कोइराला, गायत्री गुरुङ लगायतले बोलेका थिए । आजदेखि सुरु भएको भलिवल प्रतियोगिता तीन दिन सम्म चल्नेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।