• займ онлайн

    राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीको स्वागत

    October 12, 2019     6:07 pm

    असोज २५। २ दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

    सी विमानबाट बाहिरिएसँगै सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् ।

    सीलाई राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् ।

    चिनियाँ सी अपराह्न ४ बजेर ३० मिनेटतिर चाइना एयरको विशेष विमानमार्फत काठमाडौं उत्रिएका थिए ।

    राष्ट्रपति सीले शनिबारै समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

    राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।