• राष्ट्रपति सीलाई विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान

    October 12, 2019     6:02 pm

    काठमाडौं असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

    शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

    नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अर्पण गरेको थियो । त्यस क्रममा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

    त्यसअघि सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

    ‘गार्ड अफ अनर’ को कार्यक्रम सकिएसँगै सी होटल सोल्टी जाने कार्यक्रम रहेको छ ।

    सीको स्वागतका लागि सडकको दायाँबायाँ मानिसहरु लामबद्ध भएका छन् । विभिन्न झाँकी, सांस्कृति झल्काउने विभिन्न समूह लामबद्ध भएका छन् । यसका साथै सरकारी कर्मचारीहरु पनि लामबद्ध भएका छन् ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।