• देशभरका सामुदायिक विद्यालयमा कार्त्तिक १ देखि नि:शुल्क सेनेटरी प्याड

    October 11, 2019     6:30 pm

    असोज २४। सरकारले आगामी कार्त्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ।

    आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

    प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयगरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ।

    विद्यालय स्थानीय तहमा गइसकेको हुँदा आफ्नाे क्षेत्र भित्रका विद्यालयमा सेनेटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याडकाे निर्धारित गुणस्तरियता, दुरुपयोग तथा व्यवस्थापन उचित तरिकाले प्रयोग भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहलाई दिइएको छ।

    सेनेटरी प्याड वितरणका लागि आवश्यक कार्यविधि बनाउने, नीतिगत मार्गदर्शन गर्ने र केन्द्रीय तहमा नीति कार्यान्वयनको नेतृत्व शिक्षा मन्त्रालयले गर्नेछ।

    प्रत्येक जिल्लाभित्रका स्थानीय तहसँग समन्वय गर्ने तथा सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरूको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाइद्वारा संकलन गरिने छ। प्याड वितरणका लागि शिक्षा मन्त्रालयले साझा कोषको व्यवस्था गर्ने भएको छ।

    देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।