• दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो

    October 10, 2019     6:07 pm

    काठमाडौं असोज २३ । सरकारले दशैंमा नबिकेका च्यांग्राको मूल्य घटाएको छ । सहुलियत दरमा बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किनेको १९ सयमध्ये १४६ वटा च्यांग्रा बिकेका थिएनन् ।

    कम्पनीले दशैंमा जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ४० रुपैयाँ तोकेर त्यसमा १० रुपैयाँ प्रतिकिलो सरकारी सहुलियतसहित ७ सय ३० रुपैयाँमा बिक्री गरेको थियो । खसी–बोकामा हारालुछ भए पनि सबै च्याङ्ग्रा बिक्री हुन नसकेको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।

    ‘दशैंमा निजी क्षेत्रबाट धेरै च्याङ्ग्रा भित्र्याइएका कारण हाम्रा केही च्याङ्ग्रा नबिकेका हुन्,’ महाप्रवन्धक गौचनले भने ।अहिले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीको थापाथलीस्थित गोदाममा रहेका च्यांग्रा सबै स्वस्थ रहेको पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।