• займ онлайн

    पर्बत मा टीका थाप्न जाँदा खाेलाले बगायाे

    October 9, 2019     7:56 am

    असोज २२। पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलहारमा स्थानीय राती खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा  २५ हेम्जाका ४० बर्षिय लक्ष्मण कुँवर रहेका छन्। उनकै भाइ ३८ बर्षिय खेम कुवँर घाईते भएका हुन्। 

    दशैंमा टीका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइले ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा चढेर खोला तार्ने क्रममा मंगलबार  राती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

    खोलाले मोटरसाइकल सहित दुईजनालाई बगाएको थाहा पाएपछि डिमुवा प्रहरी चौकीबाट पुगेको प्रहरी टोली र स्थानीयले उद्दार गरेका थिए। खोलाले झण्डै एक किलोमिटर तल पुर्‍याएको अबस्थामा उद्दार गरि उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको थियो।

    अस्पतालमा लक्ष्मणलाई डाक्टरले उपचारका क्रममा मृत घोषित गरेका थिए भने खेमको कुस्मा हस्पिटल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। थाहा खबर बाट



    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।