• займ онлайн

    बिदामा सेवा दिँदै बैंक : कुन शाखाको काउन्टर खुला

    October 5, 2019     10:24 pm

    काठमाडौं असोज १८ ।नेपालीको महान् चाड दसैँमा असोज १८ देखि २२ गतेसम्म सार्वजनिक बिदा छ। वाणिज्य बैंकहरुले भने आफ्ना ग्राहकलाई ध्यानमा राखेर विभिन्न शाखाका काउन्टर खुला राख्ने भएका छन्।

    ग्राहकले चाहेका बेलामा रकम झिक्न वा निक्षेप राख्न पाऊन् भन्ने उदेश्यका साथ काउन्टर खुला रहने बैंकहरूले जनाएका छन्। बैंकहरुले दसैँ बिदा अवधिभर काउन्टर खुला राखेर ग्राहकलाई सेवा दिनेछन्। दसैं बिदामा कुन बैंकले कहाँ कहाँबाट सेवा दिइरहेका छन् ?

    राष्ट्रिय वाणिज्य बैंक
    यस बैंकको उपत्यकाभित्र बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काउन्टर खुला राख्ने जनाएको छ। त्यस्तै उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी र महेन्द्रनगरका शाखाको काउन्टर खुला रहनेछन्।

    कृषि विकास बैंक
    कृषि विकास बैंकले पनि फूलपाती र टीकाको दिनबाहेक अन्य दिनमा उपत्यकाभित्र रहेका ५ वटा शाखा खुला रहने जनाएको छ। उपत्यकाबाहिरका ३४ वटा शाखा खुल्नेछ। सो बैंकको उपत्यकामा रहेका पुतलीसडक, मुख्य शाखा रामशाह पथ, लगनखेल, कालीमाटी, चाबहिल शाखा दैनिक ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ। त्यस्तै सल्लाहघारी, बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाईघाट, लहान, राजविराज, सिरहा, शिवचोक, बर्दिबास, मलंगवा, जलेश्वर, घोराही, धनगढी र सुख्खड महेन्द्रनगर, वीरगन्ज शाखा टीकाको दिनबाहेक सबै दिन खुला हुनेछन् भने २० गते एक दिन मात्र चितवनस्थित हाकिमचोक शाखा खुला रहनेछ।

    नेपाल बंगलादेश बैंक
    दसैं बिदामा बैंकका ७ वटा शाखा कार्यालय खुल्ने जनाएको छ। मुख्य शाखा बिजुली बजार, कर्पोरेट शाखा कमलादी, कुमारीपाटी, वीरगन्जको अलखिया, विराटनगरको रंगेली रोड, नेपालगन्जको धम्बोजी चोक, जनकपुरको भानुचोक शाखा खुला रहनेछन्।

    प्रभु बैंक
    यस बैंकले दसैंभर देशका २४ वटा शाखा कार्यालय खुला हुने जनाएको छ। उपत्यकाभित्रका बबरमहल, कमलादी, जाउलाखेल, गोंगबुँ, खिचापोखरी, न्युरोड, सूर्यविनायक, कोटेश्वर, कालीमाटी र बौद्ध शाखा खुला रहने बैंकले जनाएको छ। त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिराहा, बुटवल, भैरहवा, पोखराको न्युरोड, इटहरी, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, कलैया, वीरगन्ज, विराटनगर, बाग्लुङ र धनगढी शाखा खुला रहनेछन्।

    सानिमा बैंक
    सानिमा बैंकको प्रधान कार्यालय नक्साल, कुमारीपाटी, न्युरोड, सूर्यविनायक, इटहरी, जनकपुर, दमक, धनगढी, नारायणगढ, नेपालगन्ज, पोखरा, बिर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, सुर्खेत, हेटाैँडा शाखा दसैंभर खुला रहनेछन्।

    एनएमबी बैंक
    एनएमबी बैंकले दसैंभर कान्तिपथ, चिप्लेढुङ्गा पोखरा, विराटनगर मोरङ, फिदिम र बुटवलस्थित ट्राफिक चोक शाखा ११ देखि २ बजेसम्म खुला रहने जनाएको छ।

    सनराइज बैंक
    यस बैंकले पनि दसैंभर उपत्यकाभित्रका गैरीधारा, गाबहाल, भक्तपुर र न्युरोड शाखा खुला राख्नेछ भने उपत्यकाबाहिरका शाखामा वीरगन्ज, गाईघाट, विराटनगर, पोखरा, नारायण्गढ, राजविराज, गौर, धनगढी, महेन्द्रनगर, नेपालगन्ज शाखाका काउन्टर खुला रहनेछन्।

    एनआइसी एसिया

    एनआईसी एसिया बै‌ँकले दसैंभर उपत्यकाभित्रमा सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगन्ज, न्युरोड, खिचापोखरी, थापाथली, भक्तपुर र थानकोट, बालाजु, न्युरोड र थापाथली शाखा खुला रहने जनाएको छ भने उपत्यकाबाहिर धनगढी, बुटवल, पोखरा, लेकसाइड पोखरा, हेटांैडा, नेपालगन्ज, कावासोती, वीरगन्ज, लहान, जनकपुर, सिरहा, मलंगवा, चन्द्रनिगहापुर, विराटनगर, इटहरी, दमक र नारायणगढ शाखा खुला रहने बैंकले जनाएको छ।

    यता धनगढी हस्पिटल लाइन, बुटवल, न्युरोड पोखरा, दुलेगाैँडा, लिंकरोड मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने, हेटाैँडा शाखा दसैंमा खुल्नेछन्। त्यस्तै सो बैंकको न्युरोड पोखरा, बाग्लुङ, बुटवल, नारायणगढ २२ गते खुला रहनेछन्। न्युरोड खिचापोखरी, भक्तपुर, महाराजगन्ज अपराह्न १ बजेदेखि ४ बजेसम्म खुला रहनेछन् भने अन्य शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन्।

    मेगा बैंक
    मेगा बैंकले उपत्यकाभित्रका कमलादी, ठमेल, जाउलाखेल, बौद्ध, महाराजगन्ज, न्युरोड शाखाबाट दसैंभर सेवा दिनेछन् भने काठमाडौंबाहिर ओखलढुंगा, भोजपुर, विराटनगर देवकोटाचोक, इटहरी, आदर्शनगर, वीरगन्ज, पोखरा सिर्जनाचोक, भैरहवा, बुटवल र धनगढीका शाखाबाट सेवा दिने जनाएको छ।

    सेन्चुरी कमर्सियल बैंक
    यस बैंकले पनि दसैंमा उपत्यकाभित्र पुतलीसडक, न्युरोड, मानभवन शाखा खुला रहनेछन्। उपत्यकाबाहिर पोखरा, विराटनगर, बिर्तामोड, जनकपुर, धनगढी, इटहरी, भैरहवा, वीरगन्ज, मलंगवा, राजविराज र टीकापुर शाखा खुला रहने बैंकले जनाएको छ।

    कुमारी बैंक

    यस बैंकले पनि दसैंभर पाँचवटा शाखाका काउन्टर खुला राख्ने भएको छ। बैंकले पुतलीसडक, न्युरोड, कुमारीपाटी, जगाती र बुटवल शाखा खुला गर्ने भएको हो। बैंकका काउन्टर ११ देखि २ बजेसम्म खुला रहनेछन्।

    जनता बैंक
    यस बैंकले पनि ९ वटा शाखा दसैं बिदाभरि खुला राख्ने भएको छ। बैंकको नयाँ बानेश्वर, न्युरोड, वीरगन्ज, नारायणगढ, मिलनचोक, धनगढी, महेन्द्रनगर र घोराहीको शाखा खुला राख्ने जनाएको छ।

    सिद्धार्थ बैंक
    यस बैंकले उपत्यकाभित्र ४ र उपत्यकाबाहिर १५ वटा गरी १९ वटा शाखा कार्यालय खोल्ने भएको छ। बैंकको हात्तीसार, कुमारीपाटी, न्युरोड, तीनकुने शाखा खुल्ने जनाएको छ। त्यस्तै उपत्यकाबाहिर दमक, बिर्तामोड, विराटनगर, इटहरी, धरान, नारायणगढ, वीरगन्ज, जनकपुर, भैरहवा, बुटवल, पोखरा, धनगढी, टीकापुर, नेपालगन्ज र घोराही शाखाको काउन्टर खुला हुनेछन्।

    नेपाल इन्भेस्टमेन्ट बैंक
    यस बैंकले दसैंको बिदा अवधिभर उपत्यकाभित्रका १५ र बाहिरका १० वटा शाखा खुला रहने जनाएको छ। बैंकको उपत्यकाभित्रका दरबारमार्ग, पुल्चोक, न्युरोड, पुतलीसडक, नयाँ बानेश्वर, ठमेल, कालीमाटी, बौद्ध, बत्तीसपुतली, गोंगबु, धुम्बाराही, सिपाडोल, नक्काल र कीर्तिपुर शाखाका काउन्टर खुला रहनेछन्। त्यस्तै उपत्यकाबाहिरका वीरगन्ज, बुटवल, भैरहवा, विराटनगर, चिप्लेढुंगा, लेकसाइड, नारायणगढ, जनकपुर, नेपालगन्ज, धनगढीका शाखा काउन्टर खुला रहनेछन्।

    एनसिसी बैंक
    एनसीसी बैंकको न्युरोड र टेकु शाखा खुला रहनेछ।

    सिभिल बैंक
    यस बैंकले १३ वटा शाखाबाट दसैंभर सेवा दिनेछ। त्यसमध्ये ४ वटा उपत्यका भित्र र ९ वटा उपत्यकाबाहिरका छन्। बैंकले मुख्य शाखा कमलादी, न्युरोड, जाउलाखेल, वीरगन्ज, विराटनगर, इटहरी, पोखरा, नारायणगढ, भैरहवा, बनेपा, धनगढी र नेपालगन्ज शाखाबाट दसैंभर सेवा दिने जनाएको छ।

    बैंक अफ काठमाडौं
    यो बैंकले पनि दसैंभर उपत्यकाका ४ वटा र बाहिरका ६ वटा गरी १० वटा शाखाका काउन्टर खुला रहने जनाएको छ। बैंकका अनुसार उपत्यकाभित्र कुमारीपाटी, न्युरोड, जाउलाखेल र भक्तपुर शाखा र बाहिरका नेपालगन्ज, धनगढी, पोखरा, विराटनगरको नेपाल आयल निगमको काउन्टर, अमलेखगन्ज र थानकोट आयल निगमको काउन्टर खुला रहनेछन्।

    स्ट्यान्डर्ड चार्टर्ड
    बैंकले उपत्यकाका ५ वटा शाखा र बाहिरका ७ शाखाबाट सेवा दिने जनाएको छ। नयाँ बानेश्वर, बौद्ध, लाजिम्पाट, ललितपुर र न्युरोड तथा बाहिरका बुटवल, विराटनगर, पोखरा, नारायणगढ, नेपालगन्ज, वीरगन्ज र धरानका शाखाबाट सेवा दिनेछ।

    सिटिजन्स् बैक
    यस बैंकले पनि दसैंभर ग्राहकलाई सेवा दिने जनाएको छ। बैंकका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भंैसेपाटी, विराटनगर, वीरगन्ज, जनकपुर, नारायणगढ, पोखरा काउन्टर खुला रहनेछन्।

    हिमालयन बैंक
    यस बैंकका ठमेल, पाटन र न्युरोड, महाराजगन्ज शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन्।

    नबिल बैंक
    महाराजगन्ज, बालाजु, त्रिपुरेश्वर, न्युरोड, हेटाैँडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, विराटनगर, तीनधारा र ललितपुर शाखा टीकाको दिनबाहेक खुला रहने बैंकले जनाएको छ।

    माछापुच्छ्रे बैंक
    दसैंभर यस बैंकका बनेपा, दमौली, महेन्द्रनगर, लाजिम्पाट शाखा खुला रहनेछन्। यस्तै नेपालगन्ज, राजविराज, बगर, भक्तपुर, बनेपा, वीरगन्ज, बिर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड, महेन्द्रपुल पाटन, बर्दिबास, वीरगन्ज, मिर्चैया, इटहरी शाखा खुला रहने बैंकले जनाएको छ।

    ग्लोबल आइएमई बैंक
    यस बैंकले पनि दसैंभर उपत्यकाभित्र चारवटा र बाहिरका ६ वटा गरी जम्मा १० वटा शाखाको काउन्टर खुल्ला राख्ने भएको छ। बैंकको कान्तिपथ, न्युरोड, लगनखेल र चाबहिल र बाहिर बाग्लुङ, बुटवल, नारायणगढ, पोखरा न्युरोड, विराटनगर र वीरगन्ज शाखा खुला रहने जनाएको छ। नेपाल समय

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।