• займ онлайн

    छैठौं संस्करणका मिस गण्डकी २०१९ को प्रतियोगीहरु मुस्ताङको जोमसोममा

    October 3, 2019     9:33 am

    छैठौं संस्करणका मिस गण्डकी २०१९ को प्रतियोगीहरु मुस्ताङको जोमसोममा अवलोकन भ्रमणका लागि पुगेका छन् । एस.टी. क्रियशन म्यानेज्मेट प्रा लि को आयोजना हुन लागेको मिस गण्डकीका प्रतिस्पर्धीहरुलाई नयाँ ठाउँको भ्रमण गराई त्यहाँको रहनसहन, भेषभुषा तथा नया ठाउँको जानकारी दिन भ्रमण गराइएको इभेन्ट संयोजक सुरज थापाले भने ।

    ‘अहिले गण्डकी भ्रमण वर्ष पनि चलिरहेको छ, साथै नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्न, आन्तरिक पर्यटकलाई बढावा दिन अवलोकन भ्रमण गराइएको हो।’ थापाले भने । मुस्ताङमा उनीहरुले त्यहाँको रमणिय स्थानहरु मार्फा , जोमसोम, कागबेनि, स्याङ्ग र धुम्बा ताल लगाएतका स्थानमा भ्रमण गर्नेछन । भ्रमणकै अवसरमा मिस गण्डकीको प्रोमोसनल भिडियो छायांकन गरिने थापाले जानकारी दिए ।

    मिस गण्डकीको अन्तिम प्रतिस्पर्धाको लागि १५ जना प्रतिस्पर्धी रहेका छन् ।


    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।