• यो दशैँमा बढ्यो च्याङ्ग्राको भाउ

    October 1, 2019     6:18 pm

    असोज १४। यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् ।

    गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा रु २७ हजार थियो । खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए ।

    च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महँगिदै गएको छ । गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्याङ्ग्रा महँगिएको व्यपारीहरुले बताएका छन् ।

    “अहिले खरीदमै एक हजारभन्दा मूल्य बढी पर्‍यो”, व्यापारी खत्रीले भने, “आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ ।” व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्याङ्ग्रा ल्याउँछन् ।

    स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ । खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १७५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।

    मुस्ताङमै च्याङ्ग्राको मूल्य रु २३ हजार परेको अर्का व्यापारी महेन्द्र केसीले बताए । दुई वर्षअघि सो मूल्यमा बागलुङमै च्याङ्ग्रा आउँथ्यो । चार वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि ७५ च्याङ्ग्रा ल्याएका थिए ।

    च्याङ्ग्रा बिक्रीबाट पहिलेपहिले जस्तो नाफा निस्कन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक/दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् ।

    खरीद र ढुवानी नै महँगो परेपछि महँगोमा बेच्न बाध्य हुनुभएको व्यापारीको भनाइ छ । तिब्बतबाट कम च्याङ्ग्रा आउँदा पनि मूल्य बढ्ने गरेको छ । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् ।

    महँगै परे पनि उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्राको मासु स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यापारी बताउँछन् ।

    मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्‍याइन्छ । यो वर्ष पनि झण्डै मुस्ताङसहित डोल्पा, हुम्ला, मुगुलगायत हिमाली जिल्लाबाट च्याङ्ग्रा भित्रिएका छन्

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।