• नौविसे–नागढुंगा सडकमा जाम हट्यो

    September 30, 2019     10:58 am

    पोखरा १३ आश्विन । नौविसे–नागढुंगा सडकको सवारी जाम हटेको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सवारी आवागमन सामान्य रहेको र जाम हटेको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार विहान ६ बजेदेखि ८ बजेसम्म नागढुंगा नौविसेको अवस्था र सवारी साधनको गति सामान्य बनेको छ ।

    त्यस्तै सडकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहहरीले जाम नभएको र सवारी साधन सहज रुपमा आवतजावत भइरहेको भन्दै यात्रुहरुलाई यात्राको क्रममा केही समस्या र गुनासो भए राजमार्गमा राखिएको यात्रु सहायता कक्षमा समपर्क गर्न अनुरोध समेत गरेको छ ।

    केही दिनअघि काठमाण्डको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रुले सास्ती खेपेका थिए ।१०/१२ घन्टा लाममा बस्नु परेको भन्दै यात्रुले आक्रोश पोखिरहँदा गृहमन्त्री रामबहादुर थापाले तत्काल जाम खुलाउने गरि काम गर्न सम्बन्धित निकायललाई निर्देशनसमेत दिएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।