• दसैँघरमा घटस्थापनासहित रोपियो जमरा

    September 29, 2019     6:54 pm

    असोज १२ । नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । यसै अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ ।

    आइतबार बिहान दसैँ घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दसैँ घरमा घटस्थापना गरेका हुन् । घटस्थापनालाई दसैँको पहिलो दिनको रुपमा लिइन्छ ।

    दसैँ घरमा सबैको दीर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै दीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिएका छन् ।


    बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दसैँघरमा घटस्थापना गरिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्धीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

    घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।