• टेलिकमको दसैं अफरः मिस्डकल अलर्ट निःशुल्क, रिचार्जमा बोनस

    September 29, 2019     6:02 pm

    असोज १२ । नेपाल टेलिकमले यस वर्षको दसैंको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी, एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात् असोज १२ देखि नै लागू भएका छन् ।

    अफरअनुसार फोरजी सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने बताइएको छ । त्यसैगरी पहिलो पटक फोरजी नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले ८द्धद्धद्ध३ डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

    पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहने छ । प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् ।

    टेलिकमले जीएसएम तथा सीडीएमए ग्राहकका प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने छ । असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।