• ओली सरकार इतिहासकै असफल सावित : देउवा

    September 28, 2019     6:27 pm

    अशोज ११।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्।

    शनिबार बिहान काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एक दलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानूनहरु ल्याउने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

    ‘केपी ओली नेतृत्वको सरकार प्रजातन्त्र विरोधी कानून बनाउने कोशिश गरिएको छ,’ उनले भने,‘ सत्ता कब्जा गर्ने नियतका साथ प्रेस, मानवअधिकार आयोग, न्यायालय लगायत स्वतन्त्र निकायमाथि हस्तक्षेप गर्न खोजिरहेको छ।’

    देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी पनि दिए। उनले दुई तिहाइ बहुमत प्राप्त ओली सरकार इतिहासकै असफल भएको दाबी गरे।

    उनले दुई तिहाइ बहुमतको सरकार बनेको दुई वर्ष बितिसक्दा पनि जनताले राहतको महसुससमेत गर्न नपाएको बताए। ‘नेपालीको महान चाडपर्व दशैंतिहार नजिकिसकेका छन्। जनताले खर्चसमेत धान्न नसक्ने गरी सरकारले महँगी बढाएको छ,’ उनले भने।

    देउवाले सरकारका गतिविधिबाट जनता निराश भइसकेको दाबी गरे। ‘जनताले अब सरकारसँग आश मारिसकेका छन्,’ उनले भने,‘अब कांग्रेसले मात्रै त्यसको विकल्प दिन सक्छ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।