• मृगौला पिडित आफ्नो सदस्यका लागि थर्पु नेवाः खलको सहयोग अपिल, सहयोग उठ्ने क्रम जारी

    September 25, 2019     2:36 pm

    पोखरा, ८ असोज । नेवाः खलः थर्पुले आफ्नो सदस्यको उपचारका लागि सहयोग अपिल गरेको छ । खलः का सदस्य सोम नारायण श्रेष्ठ को दुबै मृगौलाले काम गर्न छाडेको अवस्थामा अचानक टाउको को अप्रेसन गर्नुपरेकोले सहयोगको अपिल गरिएको हो । हाल श्रेष्ठको सुमेरु अस्पताल काठमाण्डौमा उपचार भइरहेको नेवाः खल थर्पुका निवर्तमान अध्यक्ष भिमलाल श्रेष्ठले जानकारी दिए ।
    आर्थिक अवस्था कमजोर रहेको श्रेष्ठको परिवारबाट सहयोगको याचना गरेपछि सहयोग अभियान थालिएको हो । उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग प्राप्त भइरहेको श्रेष्ठले बताए । हालसम्म थर्पु नेवा खल को सकृयतामा १ लाख ८३ हजार रकम संकलन भइसकेको छ । संकलित रकम निजको श्रीमतिलाई थर्पु नेवा खलका अध्यक्ष रामकुमार मल्ल तथा निबर्तमान अध्यक्ष भिमलाल श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

    हाल सम्म गणेशकुमार बतास थर्पु हाल अमेरिकाबाट रु २३ हजार, शिव मल्ल हाल अमेरिकाबाट रु १६ हजार ८ सय २, सुमन मल्लबाट ५ हजार, शंकर गुरुङ्गबाट ५ हजार, बालचन्द्र श्रेष्ठबाट ५ हजार, तनहुँ उधोग बाणिज्य संघ थर्पु बजार इकाइ समिति बाट रु ५ हजार, सुमन घिमिरे घुम्ती बाट रु ५ हजार, हेटमान कायस्थ थर्पुबाट रु ५हजार प्राप्त भएको छ ।

    यस्तै मल्ल फर्निचर पोखराका सञ्चालक तथा पोखरेली न्युज साप्ताहिकका निर्देशक श्याम मल्ल बाट रु ५ हजार, शिव श्रेष्ठ बिस्णु श्रेष्ठ थर्पु हाल साउदी मलेसिया बाट रु ७ हजार, सुक नारायण मल्ल मनहरी हाल दुबई बाट रु ५ हजार, पदम साही ठकुरी थर्पु हाल दुबई बाट रु ५ हजार ५, गणेश मान श्रेष्ठ थर्पु बाट रु ५ हजार, मन्जिल श्रेष्ठ थर्पु हाल काठमाडौ बाट रु ५ हजार, शुभ मल्ल थर्पु हाल काठमाडौ बाट रु ५ हजार, रुपक मल्ल मनहरी हाल दुलेगौंडा बाट रु ५ हजार, राम कुमार कर्माचार्य काठमाडौ बाट रु ५ हजार सहयोग गरेका छन् । सहयोग उठ्ने क्रम जारी रहेको नेवा खलः थर्पुका अध्यक्ष रामकुमार मल्लले जनाए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।