• दशैँसम्म मनसुन रहने

    September 24, 2019     10:04 pm

    असोज ७। मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । ‘मनसुन सक्रिय भए पनि निरन्तर भारी वर्षाको सम्भावना छैन, देशभर हल्का र छिटपुट वर्षा हुनेछ’, उनले भने ।

    पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ । केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ ।रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।