• займ онлайн

    क्लब स्तरीय पुरुष, महिला तथा प्रौढ भलिभबल प्रतियोगिता–२०७६ असोज ८ देखी ११ गतेसम्म

    September 23, 2019     10:03 pm

    अशोज ६ । पोखरा भलिवल प्रशिक्षण केन्द्र, पोखरा द्धारा आयोजित “स्वास्थ्यको लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव” भन्ने मुल नारका साथ आयोजित क्लब स्तरीय पुरुष, महिला तथा प्रौढ भलिभबल प्रतियोगिता–२०७६ असोज ८ देखी ११ गतेसम्म सञ्चालन हुने भएको छ ।

    प्रतियोगिता नेपाल छन्तयाल संघको खेल मैदानमा हुने भएको छ, भने साथमा विविध सांस्कृतिक , मनोरञ्जनात्मक एवं हास्य प्रस्तुती सँगै भलिबल खेलको विकासमा योगदान पु¥याउनुहुने व्यक्तित्वहरु, प्रायोजक तथा सहयोगी अतिथीलाई सम्मान गर्ने संयोजक महेन्द्र गुरुङले बताए ।

    युवाहरुमा रहेको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गर्न एवम प्रतिभावान खेलाडी उत्पादन गरी नेपालको राष्ट्रिय खेल भलिबलको स्तर सम्मुनतीका लागी निरन्तर रुपमा कोशे ढुङगाको कार्य गरेको खेलकुद संयोजक अनिल गुरुङले सोेमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

    क्लव स्तरिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत प्रथम र दोस्रो हुनेले क्रमश ५५, ५५५ र ३५,५५५ साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने क्लव स्तरिय महिला भलिबल प्रतियोगिताको प्रथम र दोस्रो हुनेल क्रमश २०,००० र १३,००० साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन,् भने क्लव स्तरिय प्रौढ भलिबल प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्नेले एक–एक ओटा खसी र साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

    खेलमा उत्कृष्ट विधागत उपाधि उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, क्वीकर, सर्भर र डिफेन्डरलाई पुरस्किृत गर्ने बताए ।उक्त खेलमा २५००० दर्शकहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्ने क्लवका अध्यक्ष मनोज खड्काले बताए । कार्यक्रमबाट सहयोगी, टिमदर्ता, प्रायोजकले गरि अनुमानित ४,३०,००० आय तथा व्यायतर्फ ३,६२,११० हुने खड्काले बताए ।

    प्रतियोगितामा दर्शकको टिकट वापतको रकम लमजुङ बेशीशहर घर भई हाल पोखरा–१२, लालीगँुरास टोल निबासी सुरज गुरुङको दुवै मृगौला खराव भई हाल उपचारको क्रममा किष्ट मेडिकल टिचिङ हस्पिटल उपचारार्थ मृगौला पीडितलाई सहयोग गर्ने आयोजक टिमले बताएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।