• займ онлайн

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा संयुक्त सम्बोधन

    September 23, 2019     9:46 pm

    एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन् । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उनीहरुले संयुक्त सम्बोधन गर्नुभएको समाचारमा जनाइएको छ ।

    सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो । त्यस कार्यक्रममा उनीहरुलाई आयोजकले भव्य रुपमा स्वागत गरेका बताएको छ । समाचारमा जनाइएअनुसार उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको सो स्वागत कार्यक्रम र उक्त कार्यक्रममा भएको बृहत उपस्थितिबाट पनि यसलाई एक ऐतिहासिक कार्यक्रम भएको भनि टिप्पणी गरिएको छ ।

    उक्त कार्यक्रममा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए । प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौँ पटक भेट गरेको र उनीमा आफूले आत्मीयता पाएको भनी टिप्पणी गरेका थिए ।

    त्यस क्रममा प्रधानमन्त्री मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने धारणा राखेका थिए । पछि राष्ट्रपति ट्रम्पले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हालैको लोकसभा निर्वाचनमा विजयी भएर भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको प्रसंशा गरे । उनले प्रधानमन्त्री मोदीका कारण भारतमा गरिबीबाट मुक्तिका क्षेत्रमा योगदान पुगेको बताए । –  –एएनआइ/Photo: AFP​

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।