• займ онлайн

    मोदीले अमेरिकामा ‘अबकी बार ट्रम्प सरकार’ भनेर ट्रम्पको चुनावी प्रचार गरेको भन्दै विरोध

    September 23, 2019     9:42 pm

    आइतबार अमेरिकाको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको कुरामा प्रतिपक्षी भारतीय कँग्रेसले विरोध जनाएको छ । कँग्रेस नेता तथा पूर्व मन्त्री आनन्द शर्माले ट्वीटमार्फत मोदीको भनाइको विरोध गरेका छन् । आनन्द शर्माले मोदीको कार्यलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार संज्ञा दिए । मोदीले अमेरिका दुई प्रमुख दललाई भारतले समान व्यवहार गर्ने गरेको परम्परामा धक्का दिएको शर्माले आरोप लगाएका छन् ।

    कँग्रेसका वरिष्ठ नेताले शृङ्खलाबद्ध ट्वीट गर्दै लेखेका छन्, ‘ख्याल राख्नुस्, तपाईं भारतका प्रधानमन्त्रीको रुपमा अमेरिका जानु भएको हो न कि अमेरिकी चुनावका स्टार प्रचारकको रुपमा ।’भारतीय मुलका अमेरिकीले आयोजना गरेको ‘हाउडी, मोदी’ कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भएका थिए ।

    ट्रम्पले सम्बोधनका क्रममा आफ्नो कार्यकालको उपलब्धि उल्लेख गरे । साथमा उनले आफूलाई भारतीय मुलका अमेरिकी समुदायका हितायसीका रुपमा पनि व्याख्या गरे । अमेरिकामा एक वर्षपछि अर्थात सन् २०२० मा राष्ट्रपति चुनाव हुदैंछ ।

    कार्यक्रमको सुरुमा डोनाल्ड ट्रम्पलाई स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनको प्रशंसा गरे र उनलाई भारतको साँचो मित्र बताए । उनले डोनाल्ड ट्रम्पलाई आफ्नो मित्र बताउदैं कयैन पटक दोहो¥याए, ‘ट्रम्पको राष्ट्रपतित्वकालमा भारत र अमेरिकाको सम्बन्धले नयाँ उचाइँ हासिल गरेको छ । ’ त्यस्तै मोदीले भने, ‘भारतीय मुलका मानिसले आफूलाई राष्ट्रपति ट्रम्पसँग आत्मीय पाउँछन् । उम्मेद्वार ट्रम्पले भन्ने गरेको ‘अबकी बार ट्रम्प सरकार’लाई हामी बुझ्छौँ ।’

    सन् २०१६ को राष्ट्रपति चुनावअघि प्रचारको समयमा डोनाल्ड ट्रम्पले एक भिडियोमा यसको उल्लेख गरिएका थियो । त्यसमा उनले भारतीय मुलका मानिसलाई दिपावलीको शुभकामना दिएका थिए र भिडियोको अन्त्यमा उनले ‘अबकी बार ट्रम्प सरकार’ भनेका थिए । भारतमा सन् २०१४ मा भएको लोक सभा चुनावको दौरान भाजपाले ‘अबकी बार मोदी सरकार’ को नारा दिएको थियो ।

    आनन्द शर्माले ट्वीटमार्फत मोदीले ट्रम्पको चुनावलाई सहयोग हुने खालको टिप्पणी गरेकोमा विरोध जनाएका हुन् । आनन्द शर्माले लेखका छन्, ‘प्रधानमन्त्री जी, तपाईले अर्को देशको आन्तरिक चुनावमा दख्खल दिएर भारतीय विदेश नीतिको स्थापित सिद्धान्तलाई उल्लंघन गर्नुभएको छ । यो भारतको दिर्घकालिन कूटनीति हितको लागि अभूतपूर्व झट्का हो ।’ अर्को ट्वीटमा उनी लेख्छन्, ‘भारतले अमेरिकाका दुई दल रिपब्लिकन र डेमोक्रेट्स सम्बन्धमा समान धारणा राख्छ । तपाईंले यसरी खुलेर ट्रम्पको लागि प्रचार गर्दा भारत र अमेरिकाजस्ता सम्प्रभु र लोकतान्त्रिक देशबीच विभाजन उत्पन्न हुन्छ ।’ एजेन्सी 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।