• वास्तविक किसानले बैंक तथा बितियसंस्था बाट कर्जा पाएनन

    September 23, 2019     9:29 pm

    मिना बुढाथोकी सल्यानः यहाँका बैंक तथा बितिय सस्थाहरुले वास्तविक किसानहरुलाइ कर्जा नदिएको कृषकले गुनासो गरेका छन् ।सल्यानको खंलगमा सोमवार भएको पारस्परिक जवाफदेहिता परियोजनामा वित्तिय संस्थाको सुशासन विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् । छत्रेश्वरी गाउँपालिकाका किसान लोकराज भण्डारीले बैंक तथा बितिय सस्थाहरुले जग्गा मुल्याँकनको आधारमा कर्जा दिने भएकाले वास्तविक किसान सेवा बाट वन्चित भएको उनले गुनासो गरेका छन् ।

    किसानहरुलाइ कर्जाको आवस्यकता परेमा बैंक तथा बितिय संस्थाहरुमा जानु पर्ने हुन्छ तर बैंकले सडकले छोएको घर जग्गाको आधारमा कर्जा दिने भएकाले ग्रामीण स्तरका दुरदराजमा रहेका किसानहरुले कर्जा नपाएको उनले गुनासो गरे । किसानले व्यवसायिक रुपमा कृषि व्यवसाय संचालन गर्दा ऋण आवश्यकता पर्छ,उनले भने,‘तर राम्रोठाउँमा घर घडेरी र जग्गा नभएकाले ऋण नपाउँदा व्यवसायनै धरापमा परेको अवस्था समेत छ ।’

    यस्तै राष्ट्रीय बाख्रा पालनक कृषक समुहका कर्णाली प्रदेश अध्यक्ष कृष्ण प्रसाद उपाध्यायले राज्यले व्यवस्था गरेको व्यवस्था समेत बैंक तथा वित्तिय संस्थाहरुले लागु गर्न नसकेका कारण कृषकहरु मारमा परेको बताए । उनले राज्यले निति बनाउने तर सेवा टाठाबाठाले मात्रै पाउने भएकाले प्रक्रिया पुर्याएर आउने दुर दराजका कृषकलाइ समेत कर्जादिन बैंकहरुलाइ आग्रह गरे । नेपाल पत्रकार महाँसघ सल्यानका अध्यक्ष प्रतिक शर्माले बैंकहरुले लगानी गर्ने कुरामा लगानी नगरेको गरेको बताए । बित्तिय सस्थाहरु प्रति नागरिकहरुको बुझाइमा पनि फरक भएकाले लगानी गर्नु पर्ने सहि ठाउँमा लगानीगर्नु पन भन्दै उनले सर्वसाधारणले पाउने सेवाको बारेमा समेत चेतना फैलाउन आवश्यक रहेको बताए ।

    बंैकहरुले किसानलाई मुल्यांकनका आधारमा ऋण उपलब्ध गराउने र बिपन्न बर्गहरुको पहँुचमा बित्तिय सस्थाहरु नपुगेको सन्र्भमा नेपाल वैकं लिमिटेड सल्यानका प्रमुख कृष्णहरी उपाध्यायले नेपाल बैंकले भने सहुलियतमा कर्जा दिई रहेको बताए । जिल्लाका नमुना किसानहरुलाई लक्षित गरी हालसम्म एक करोड बढि लगानी गरेको बताए। पैसा लगानी गर्र्ने कुरा सजिलो नभएकाले प्रकृया पुर्याएर आउने जो कोही कृषकलाइ कर्जा दिने गरेको उनले बताए ।

    शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले बित्तिय सस्थाहरुका बारेमा स्थानीयतहहरु सँग सहकार्य गरेर काम गर्नेुपर्ने भने पछि जिल्लामा संचालनमा रहेका बैंक तथा बितिय सस्थाहरुले स्थानीय तहहरुमा साक्षरता कक्षा संचालन गर्ने भएका छन । जिल्लाका स्थानीय तहहरु सँग सहकार्य र समन्वयन गरेर साक्षरता कक्षा संचालन गर्ने भएका हुन । आफ्नो उत्तरदायित्व पुरा गर्न सामाजिक उत्तरदायित्व मार्फत स्थानीय सरकार र नागरिकलाई पनि जानकारी दिने उदेश्यले साक्षरता कक्षा संचालन गरिने भएको सहभागी प्रतिनिधिहरुले प्रतिबद्दता गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।