• महानगरको लोगो निर्माणकर्ता रीकलाई ५० हजार सहित सम्मान

    September 23, 2019     9:09 pm

    पोखरा ६ असोज । पोखरा महानगरपालिकाको लोगो निमार्णकर्ता र छनोट समितिका सदस्यलाई सोमबार म्मान गरेको छ । लोगो निर्माणकर्ता पोखरा वडा नम्वर १० निवासी रीक गुरुङलाई महानगरले नगद ५० हजार र दोसल्ला सहित सम्मान गरेको हो । महानगरले सार्वजनीक सुचना मार्फत लोगो निर्माणका लागि आह्वान गरेको थियो ।

    छनोट समितिमा परेका मध्य गुरुङको लोगो छानेपछि महानगरको २९औं कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । त्यस्तै महानगरले लोगो छनोट समितिमा रहेका कार्टुनिष्ट दुर्गा बराल(बात्स्यान), कलाकार रमेश श्रेष्ठ र गोपाल श्रेष्ठलाई नगद पाँच÷पाँच हजार सहित दोसल्लाले सम्मान गरेको छ ।

    सवैलाई महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङले नगद सहित दोसल्ला ओढाएर सम्मान गरे । रीक गुरुङले बनाएको लोगोमा माछापुच्छ«े हिमाल, ताल, लालुपाते, सारङ्गीको प्रयोग गरिएको छ । लोगोमा पोखराको फेवाताल, माछापुच्छेलाई महत्वका साथ झल्काइएको छ । देश संघीय संरचनामा गएसंगै तीन तहका सरकार गठन भएका छन् । स्थानीय,प्रदेश र सघं । उनीहरुले आआफनै लोगो प्रयोग गर्न पाउने छन् । त्यही अधिकार अनुसार पोखरा महानगरपालिकाले महानगरपालिकाले आफनौ लोगो बनाएको हो ।

    सम्मानपछि बोल्दै महानगर प्रमुख जिसीले धेरै मेहनत गरेर लोगोमा पोखराको ऐतिहासिक चित्रण भएको बताए । उनले गुरुङको लोगोसंगै जीवनभर सम्झने अवस्था सृजना गरेको बताउदै बधाई ज्ञापन गरे । “पोखराको प्राकृतिक, सांस्कृतिक तथा लोकसंस्कृति झल्कने गरि डिजाईन गरिएको लोगोलाई प्राथमिकता दिएर छनोट गरिएको छनोट समितिका सदस्य एवं महानगरका प्रवत्ता धनबहादुर नेपालीले बताए । कार्यक्रमको सञ्चालन महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले गरेका थिए ।छनोट समितिमा महानगरबाट प्रवत्ता नेपाली सहित वडा नम्वर ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु सदस्य थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।