• दशैंका लागि खुल्यो बस टिकट, कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)

    September 22, 2019     6:12 pm

    अशोज ५ ।दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुका लागि आइतबार (आज) बाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ ।यातायात कम्पनीहरुले आइतबार बिहानबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् ।कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् ।

    ति क्षेत्रमा सर्वसाधारणको भीड देखिएको छ ।यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला गरेको हो ।लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

    यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ ।दशै अघि भाडा बढाउन व्यवसायीले आग्रह गर्दै आएका थिए तर सरकारले भने दशैं अघि भाडा बढाउन नसकिने बताएसँगै पूरानै मूल्यमा यात्रुले यात्रा गर्न पाउने भएका छन् ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।