• बामदेव गौतम कास्की २ बाट चुनाव लड्ने योजनाबाट पछि हटे

    September 22, 2019     8:54 am

    ४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम कास्की २ बाट चुनाव लड्ने योजनाबाट पछि हटेका छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेका हुन् । यद्यपि यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले बताएका छन् ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ । यहाँ गौतम उठ्ने तयारी थियो । स्रोतकाअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले गौतमलाई टिकट दिने आश्वासन समेत दिएका थिए ।

    तर गौतम एकाएक पछि हटेका छन् । एक नेता भन्छन्, ‘उपचुनावको परिणाम तलमापथि हुनासाथ पार्टी र सरकारलाई असर गर्ने भएकाले उहाँले जोखिम दिन नचाहनु भएको हो ।’ यदि नेकपाले गौतमको प्रस्ताव स्वीकार गरेमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना रहन्छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।