• займ онлайн

    यू–१८ साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    September 22, 2019     8:38 am

    ५ असोज, काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

    यसअघि उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर भुटानविरुद्ध भने नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।

    नेपालले यो संस्करणको पनि उपाधि जित्दै ह्याट्रिक बनाउने लक्ष्यमा छ । यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।