• होटलकर्मीलाई सनराइजको वित्तीय साक्षरता

    September 20, 2019     9:27 pm

    पोखरा ३ असोज । सनराइज बैंक लिमिटेडको आयोजना तथा पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा आधारभूत लेखा तथा कर नीति विषयमा होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारीको पनि सहभागिता थियो ।

    सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एबं संघका अध्यक्ष विकल तुलाचनले सरकारको नयाँ कर नीति, करका दर र ऋण लिंदा अपनाउनु पर्ने तरिका बारे कार्यक्रममा जान्न पाउनु सकारात्मक पक्ष भएको बताए । होटलकर्मीलाई कर र लेखा सम्बन्धमा जानकारी गराउने उद्धेश्यले सनराइज बैंकसँग सहकार्य गरी कार्यक्रम समन्वय गरिएको उनले सुनाए ।

    बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको कार्यक्रमका सभापति एबं बैंकमा चिफ म्यानेजर हरिप्रसाद आचार्यले जानकारी दिए । कर र बैंकको कर्जा नीति बारे सो अवसरमा उनले स्पस्ट पारेका थिए । कार्यक्रममा चार्टर्ड एकाउण्टेण्ट निश्चल ढकालले कर र लेखा सम्बन्धमा जानकारी गराएका थिए । भ्याट, पान, आय कर, लेखा प्रणाली, विदेशी मुद्रा विनिमय लगायतका विषयमा पनि उनले स्पस्ट पारे । सो अवसरमा बैंकको गण्डकी प्रदेशका प्रमुख रविन्द्र केसीको पनि उपस्थिती थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।