• कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा शैक्षिक सामाग्री वितरण

    September 20, 2019     9:18 pm

    असोज ३। कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा बोल्दै वडा सदस्य गेस बहादुर गुरुङ्ले वडाको शैक्षिक विकासका खातिर व्यवसायीहरुले शैक्षिक सामाग्रीहरु प्रदान गरि उल्लेखनिय कार्य गरेको बताउनुभयो । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा विद्यार्थीहरु जोगाउनु र शैक्षिक गुणस्तर वृद्धि गर्नु निकै चुनौतीपुर्ण रहेको बताउदै उहाँले यसतर्फ सचेत रहन शिक्षासंग सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोसियसनका पुर्व अध्यक्ष जनकराज पराजुलि र पोखरा उद्योग वाणीज्य संघका कार्य समिति सदस्य रामेश्वर अधिकारीले व्यवसायीहरुको सामाजिक उत्रदायित्व अन्तरगत आयस्तर निम्न भएका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठन सहयोगार्थ शैक्षिक सामाग्रीहरु प्रदान गरिएको बताउनुभयो ।

    एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लेखनाथ पौडेल र संचालन महासचिव धर्ममानसिंह भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।