• खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

    September 20, 2019     9:12 pm

    असोज ३। नेपाल आयल निगम लिमिटेडले एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा २५ रुपैयाँ र हवाई इन्धनको प्रति किलोलिटरमा ५० डलर मूल्य घटाएको हो ।

    शुक्रवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै निगमले १ सेप्टेम्बर २०१९ मा इन्डियन आयल कर्पोरेसनबाट आउने हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्य घटेको हुनाले नेपालमा पनि त्यसको समायोजन गरेको बताएको हो ।

    ‘पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्य अनुरुप १ सेप्टेम्बर २०१९ मा इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ र खरिद मूल्य केही घटेर आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा यसले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न केही टेवा पुगोस भन्ने उद्देश्य रहेको दाबी गरेको छ ।निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि स्वचालित प्रणालीबाट तय हुने गरी अघि बढेको जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।