• займ онлайн

    फेसबुककाे ‘लाइक’ गन्न नपाइने, लाइक फिचर हट्दै

    September 20, 2019     12:17 am

    काठमाडौं । फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् ।

    फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

    समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने छन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन । यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् । जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास गरिएकेा छ ।

    अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरुका लागि सुरु गरिसकिएको छैन । फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन ।

    स्मरण रहोस् फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ । क्यानडा, ब्राजिल, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड र जापानका प्रयोगकर्तामा गरिएको उक्त परीक्षणको नतिजा के आयो भन्नेबारेमा अहिलेसमम सार्वजनिक गरिएको छैन । -एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।