• बर्डफ्लु प्रभािवत ४७ हजार कुखुरा नष्ट

    March 23, 2019     4:05 pm

    हेटौँडा, ८ चैत

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ हजार १०५ अण्डा र ४१८ केजी दाना खाल्टोमा पुरिएको छ ।

    यही चैत २ गतेदेखि कृषि मन्त्रालय काठमाडौँबाट आएका पशु चिकित्सकसहितको प्राविधिक टोलीले आज बिहानसम्म स्थानीय नागस्वतीको करीब ३२ कुखुरा फार्ममा अनुगमन गरी बिरामी चल्ला र कुखुरालाई नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख चिकित्सक डा चेतनारायण खरेलले बताउनुभयो । 

    उक्त वडाको विभिन्न फार्ममा स्थानीय कृषकले उत्पादन गरेको कुखुरा र चल्ला, अण्डा र दाना गरी करीब रु एक करोड ५० लाख बराबरको सम्पत्ति क्षति भएको प्रभावित क्षेत्रका कृषक एवं हेटौँडा उपमहानगरपालिका–७ का वडाध्यक्ष राजन थापाले जानकारी दिनुभयो । सो क्षेत्रमा अब बर्डफ्लु रोग नियन्त्रणमा ल्याइसकेको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।