• संविधान दिवसलाई कालो दिन भन्नेको मन पनि कालै छ : भीम रावल

    September 19, 2019     11:13 pm

    काभ्रेपलाञ्चोक – नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन् ।राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताए ।

    उनले नेपाली काङ्ग्रेसले पनि तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा नाजायज भएको बताए । “पश्चगामी र नेपालीको अहित हुने दिशातर्फ मुलुक जानुहुँदैन, अझै गलत र अवैध तरिकाले नागरिकता दिइएको पाइए तत्काल खारेज गर्नुपर्छ”, उनले भने । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको नेता नेपालको आरोप थियो । नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले उल्ट्याएको बताए ।

    नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले हरेक राष्ट्रको आ–आफ्नो राष्ट्रिय पहिचान भएको चर्चा गरे । भाषा, संस्कृतिअनुसार पहिचान दिलाउन सकिने उनको भनाइ थियो । उनले भने, “नेपाली हुँ भनेर चिनाउने हजारौँ पहिचान छन्, सबैले रुचाउने विषयलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ ।”

    प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँ, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाललगायतले राष्ट्रिय पोशाक संरक्षण महाअभियानलाई देशव्यापी बनाउन सुझाव दिए । अभियानका केन्द्रीय अध्यक्ष विवश घिमिरे र जिल्ला संयोजक नवराज घिमिरेले आफूहरुको अभियानमा साथ दिन सबैसँग आग्रह गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।