• फिफा वरियतामा नेपालको सुधार, ५ स्थान माथी उक्लियाे

    September 19, 2019     11:09 pm

    काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ ।

    त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५ औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।

    त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।