• पोखरा ट्रेड मल दशैँ तिहार उत्सव डोको भरि उपहार

    September 19, 2019     1:46 pm

    असोज २। पोखराको चिप्लेढुङ्गामा रहेको पोखरा ट्रेडमलले दशैँ तिहार र छठ उत्सव योजना २०७६ सार्वजननिक गरेको छ । योजना अन्तर्गत वम्पर उपहारमा यामाहाको एफ.जेट.एस १५० सि.सि मोटरसाइकल साथमा पाँच जनालाई डोको भरि उपहारको आयोजना गरेको छ । हरेक पन्ध्र दिनमा उपहारको रुपमा रु पचास हजार एकजनालाई साथै थप दुईजनालाई डोकोभरि उपहार योजना रहेको छ । योजना अवधिभर चार जनालाई पचास हजार साथै अन्य .ग्राहकको लागी लाखौँ रुपैयाँ वरावरको नगद तथा सपिङ भौचरको व्यवस्था रहेको छ ।


    उक्त उपहार योजनमा सहभागी हुनको लागी मलमा सपिङ्ग गर्ने ग्राहकले न्यूनतम ५०० को सामान खरिद गर्नुपर्दछ । ५०० मा एकओटा कुपन तथा दुई हजारको सामान किन्दा तिनओटा कुपन र पाँच हजारको सामान किन्दा ग्राहकले दश ओटा कुपन प्राप्त गर्ने छन्, सार्थै दशओटा कुपनहरु मल भित्र रहेको काउन्टरमा जम्मा गरेपछि एकओटा ज्याकपट कुपन प्राप्त हुनेछ ।

    फोटो : सविन रेग्मी पोखरेली न्युज

    उक्त ज्याक पट कुपन काउन्टरमा रहेको बाकसमा जम्मा गर्नुपर्नेछ । पन्ध्र दिनसम्ममा जम्मा भएका ज्याकपट कुपन मध्येवाट एकजनालाई पचास हजारसम्मको नगद तथा सपिङ्ग भौचरको उपहार साथै दुईजना भाग्यशाली ग्राहक महानुभावलाई डोकोभरि उपहार प्रदान गरिने संयोजक नवराज त्रिपाठीले वताए ।


    स्थापना सँगै चाडपर्व र नयाँ वर्ष लगायतका पर्वमा उपहार योजना दिदँै आईरहेको साथै एक अर्कोमा खुशि बाडने उद्देश्यले ग्राहकसँग नजिकिने योजना रहको पोखरा टे«ड मलका प्रवन्ध सञ्चालक मिनराज काफ्लेले वताए ।


    कार्यक्रममा वोल्दै पोखरा टे«ड मलका अध्यक्ष तथा गण्डकी प्रदेश सभासद विन्दु कुमार थापाले भने विगतमा जस्तै चाडपर्व लक्षित विशेष आकर्षक योजना ल्याएको वताउँदै साथै दशँैमा रमाइलो गर्ने र खुशि साट्ने उद्देश्य रहेको जानकारी दिए । उक्त योजना २०७६ असोज ५ गते देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ भने वम्फर विजेता छनोट २०७६ मंसिर ८ गते हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।