• स्क्रव टाइफसबाट सुदूरपश्चिमममा ७४ बिरामी

    September 19, 2019     12:43 pm

    असोज २। किर्नाजस्तो देखिने मुसामा लाग्ने ‘माइट’को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी भएका छन्।

    प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन्। ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा दुई-दुई बिरामी देखापरेका निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए।

    माइटले टोकेको ठाउँमा घाउ भए, शरीरका विभिन्न भागमा बिमिरा देखिए, अत्यधिक ज्वरो आए, शरीरका विभिन्न भाग दुखेमा स्क्रब टाइफसको सङ्क्रमण भएको हुनसक्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने उनले बताए।

    ‘तत्कालै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुन्छ,’ उनले भने, ‘समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारका सङ्क्रमण गर्ने भएकाले जतिसक्यो चाँडो उपचार गर्नुपर्छ।’स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्ने उनले जानकारी दिए।

    स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजङ्गल, घरवरपरको झाडीलगायतका क्षेत्रमा बस्ने भएकाले यस्ता क्षेत्रमा काम गर्दा पूरै शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घासबारी वा चौरमा बस्दा गुद्री ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने तथा बस्ने गर्नुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ। (रासस)

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।