• मौसममा सुधार हुँदै छ मौसमविद्

    September 19, 2019     11:34 am

    असोज २। बिहीबारदेखि मौसममा सुधार हुन थालेको छ । दुई दिन लगातार झरी परे पनि बिहीबार बिहानदेखि झरी कम भएको छ । केही ठाउँमा सामान्य वर्षा भइरहे पनि दिउँसोदेखि मौसम खुल्ने मौसमविद्ले बताएका छन् ।

    मंगलबार र बुधबार वर्षा गराएको मौसमी प्रणाली केही कमजोर बनेकाले बिहीबार कम मात्रै पानी पर्ने मौसमविद् राजु प्रधानाङगले बताउनुभयो । उहाँका अनुसार बिहीबार दिउँसोपछि धेरै ठाउँमा घाम लाग्नेछ भने केही ठाउँमा सामान्य वर्षा हुनेछ ।

    यसैबीच यो वर्ष पनि मनसुन लम्बिने देखिएको छ । मनसुन सकिन अब ५ दिन मात्र बाँकी भए पनि लम्बिने देखिएको मौसमविद् प्रधानाङगले बताउनुभयो ।

    मनसुन सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । यो वर्ष १० दिन ढिलो गरी गएको असार ५ गते नेपाल प्रवेश गरेको मनसुन केही दिन लम्बिने भएको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।