• रु १०० मा नेपाल टेलिकमले ३ जीबी डाटा प्याक दिने

    September 18, 2019     6:22 pm

    असोज १। संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्थि जारी गर्दै जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको हो । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

    यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि 14153# मा डायल गर्नुपर्ने छ भने 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने प्रवक्ता बैद्यले जानकारी दिइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।