• अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता, खोजी जारी

    September 18, 2019     11:51 am

    असोज १। संखुवासभाको खाँदबारीबाट बिरामी लिएर धरान जाँदै गरेकोे बोलेरो अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेरो जीप गएराति अरुण नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    जीपका चालक सन्तोष विकसहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

    बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि उनलाई बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जीप अक्करको भीरबाट अरुण नदीमा खसेको हो । दुर्घटनामा बेपत्ताहरुको खाजी जारी रहेको प्रहरीले जनाएको छ ।लगातार परिरहेको पानीका कारण अरुण नदीको बहाब पनि बढ्दै गएको र खोजीमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।