• दशैँका लागि खाद्य संस्थानले पोहोरको भन्दा दोब्बर खसीबोका र च्याङग्रा ल्याउने

    September 18, 2019     11:32 am

    १ असोज। यो वर्षको दशैँका लागि नेपाल खाद्य संस्थानले पोहोरको भन्दा दोब्बर बढी खसीबोका र च्याङग्रा काठमाण्डौ ल्याउने भएको छ ।गएको वर्ष खसीबोका र च्याङग्रा गरी १२, १३ सयको हाराहारीमा ल्याएकोमा यो वर्ष एक हजार खसीबोका र २ हजार च्याङग्रा गरी ३ हजार खसीबोका र च्याङग्रा ल्याउन लागिएको संस्थानका अर्थ तथा आर्थिक विभागका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

    यो वर्ष दाङ र हेटौँडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो । दशैँको बेला काठमाण्डौमा ५० देखि ६० हजार खसीबोका र च्याङग्राको माग हुने गरेको छ । संस्थानले घटस्थापनाको भोलिपल्टदेखि खसिबोका र च्याङग्रा ल्याउने भएको छ ।

    सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि कार्यालयका प्रतिनिधि, खाद्य संस्थानका प्रतिनिधि र किसान बसेर मूल्य निर्धारण गरेर खसीबोकाको मूल्य तोक्ने र बिक्री गर्दा उपत्यकामा चलेको बजार मूल्य भन्दा किलोमा १० रुपैयाँ सस्तो दिने तयारी भएको पनि खनालले बताउनुभयो ।किनेर ल्याइएको खसीबोका र च्याङग्रालाई थापाथलीमा रहेको संस्थानको कार्यालयमा राखिने र त्यहीँबाट बिक्री गरिने उहाँको भनाइ छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।