• संविधान दिवसको अवसरमा सरकारी अस्पतालको ओपीडी टिकट नि:शुल्क

    September 17, 2019     6:13 pm

    भदौ ३१। काठमाडौं– संविधान दिवसको अवसरमा सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवाको टिकट नि:शुल्क हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको पूर्वसंध्यामा असोज २ गतेको ओपीडी सेवाको टिकट निशुल्क गर्न मातहतका निकायमा सर्कुलर जारी गरेको हो ।

    स्वास्थ्य मन्त्रालयले आफू मातहतमा सञ्चालित अर्थात संघीय (केन्द्र) सरकार मातहत सञ्चालित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवाको टिकट नि:शुल्क गर्ने भएको हो ।संघीय संरचना अनुसार संघ मातहतमा २० वटा अस्पतालहरु रहेका छन् ।

    यी अस्पतालमा असोज २ गते नि:शुल्क रुफमा ओपीडीको टिकट पाइनेछ, वीर अस्पताल, काठमाडौं, – कान्ति बाल अस्पताल, काठमाडौं, – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं, – मानसिक अस्पताल, ललितपुर, – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौं,

    – आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौं, – पशुपति होमियोप्याथी चिकित्सालय तथा यूनानी औषधालय, ललितपुर, – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर, – राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं, – कोशी अस्पताल, बिराटनगर, – नारायणी अस्पताल, पर्सा, – भरतपुर अस्पताल, चितवन, – भेरी अस्पताल, बाँके, – डडेलधुरा अस्पताल, डडेल्धुरा, – शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौं, – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवन, – जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ, – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, – नेपाल आँखा अस्पताल, काठमाडौं

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।