• займ онлайн

    फेसबुकमा साथी बन्दै हुनुहुन्छ ?फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्नु अघि र पठाउनु अघि विचार गर्नुहोस

    September 17, 2019     3:04 pm

    सामाजिक सञ्जालमा फेसबुकले एकातिर मित्रता, सम्बन्धको नयाँ संसार प्रदान गरेको छ भने अर्कोतिर यही फेसबुकको माध्यमबाट ठगी, लुट र यौन शोषण पनि हुँदै आएको छ । फेसबुकको माध्यमबाट कति निर्दोष महिलाहरुको अ’स्मिता लुटिएको छ ।

    यसप्रकारका घटनाहरु आज दिनहुँनसो सुन्न र देख्न परेको छ । फेसबुकको माध्यमबाट प्रेम हुने र पछि धोका पाउने कुरा त सामान्य भइसकेको छ । फेसबुकको माध्यमबाट चो’री, लु’टपाट, अप’हरण, ह’त्याकोे खबर पनि बारम्बार आइरहेका छन् । त्यसैले फेसबुकको प्रयोग अति नै सावधानीपूर्वक गर्नु आवश्यक हुन्छ । यदि फेसबुकको जादुमयी जा’लमा फस्नु भयो भने तपाईं ठ’गिने धेरै सम्भावना हुन्छ । फेसबुकको संसार हामी वरपरको मानिसबाट नै बनेको हुन्छ । पहिला पनि यस्ता घटनाहरु नभएका त होइनन् तर यस्ता घटनाको लागि फेसबुक झन् सजिलो माध्यम बनेको छ ।

    महिलाहरु बन्दैछन् शिकार फेसबुकमा पुरुषको तुलनामा महिलाहरु धेरै पीडित हुने गरेका छन् । अरुलाई छिट्टै विश्वास गर्ने स्वभावका महिलाहरु सजिलै यस्ता जालझेलमा पर्छन् । फेसबुकमा साथी बन्दा धेरै कुराहरु विचार गर्नु पर्छ । यदि तपाईंले दायाँबायाँ नसोची, आँखा बन्द गरेर साथी बन्ने प्रस्ताव स्वीकार गर्नुभयो भने कुनै न कुनै तरिकाले तपाईं मूर्ख बन्नु हुन्छ । जसका कारण यौ’न शो’षणको शि’कार हुनुको साथै आर्थिक रुपले ठ’गिन पनि सक्नु हुन्छ ।

    अञ्जान व्यक्तिले तपाईंको बारेमा सबै कुरा पत्ता लगाएर साथी बन्ने प्रस्ताव पठाएको हुनसक्छ । उसले आफ्नो स्वार्थ हुने समयसम्म तपाईंसँगको मित्रतालाई यथावत राख्छ । जुन दिन तपाईंसँगको स्वार्थ पूरा हुन्छ, उसले तपाईंलाई फ्रेन्ड लिस्टबाट हटाइदिन सक्छ । यसबीचमा तपाईंले आफ्ना धेरै कुरा गुमाइसक्नु भएको हुन्छ । यस्ता घटनाहरुमा कोही महिला सजिलै फस्ने गर्छन् । अञ्जान व्यक्तिलाई साथी बनाउँदा उनीहरुले शुरु-शुरुमा त मिठा-मिठा कुरा गर्छन् । केही समयको कुराकानीपछि फोन नम्बर आदान-प्रदान हुन थाल्छ र भेटघाट गर्ने, उपहार आदान-प्रदान गर्ने पनि हुन थाल्छ । समय बित्दै जाँदा शा’रीरिक सम्बन्ध पनि रहन थाल्छ । यसरी फेसबुकबाट गाँसिएको मित्रता यो हदसम्म आइपुग्छ र विभिन्न अप्रिय घ’टनाहरु हुन थाल्छ ।

    प्रहरीले गर्ने आलटाल फेसबुकको मित्रतामा ठगिने र यौ’न शोषणको शिकार हुने व्यक्तिहरुको रिपोर्ट प्रहरीले सहजै दर्ता गर्दैनन् । प्रहरीले त्यस्ता घटनाहरु जटिल हुने भएकाले पनि उजुरी लेख्न गाह्रो भएको हो । प्रहरीहरुसँग पनि त्यस्ता घटनाहरुको बारेमा पत्ता लगाउने धेरै साधनहरु छैनन् । यद्यपि कुनै-कुनै घटनाहरुमा प्रहरीले आरोपीलाई पक्राउ गरेर पीडितलाई न्याय दिलाएका छन् । फेसबुक क्रा’इम नै अलि कठिन विषय भएकाले प्रहरीलाई पनि यो सम्बन्धमा जाँचबुझ गर्न गाह्रो हुन्छ र समय पनि धेरै लाग्न सक्छ ।

    सामाजिक सञ्जाल जागरुकता प्रसारित गर्ने, आफ्नो जीवनलाई सुन्दर बनाउने एउटा राम्रो मञ्च हो भन्ने कुरामा दुई मत छैन । तर सिक्काको अर्को पाटोको रुपमा फेसबुकको माध्यमबाट अ’पराधहरु बढ्न थालेको कुरा पनि बिर्सनु हुँदैन । वास्तवमा फेसबुक अथवा कुनै पनि माध्यम तपाईंबाट सामान्य समझदारीको अपेक्षा राख्छ र हामी स्वयं सतर्क भएनौं भने नोक्सान त हाम्रो नै हुन्छ । यी कुराहरुलाई ध्यान दिएर यदि हामी फेसबुकको जादुमयी संसारमा प्रवेश गर्‍यौं भने हाम्रो कसैले पनि केही बिगार्न सक्दैन ।

    फेसबुकमा साथी बन्दा हामीले आफ्नो सीमा कहिल्यै भुल्नु हुँदैन । यसको प्रयोगमा तपाईं मानसिक रुपले पनि बलियो हुनु आवश्यक हुन्छ । अन्य माध्यमहरु जस्तै फेसबुकको प्रयोग धेरै कुराले फाइदाजनक भए तापनि कुनै-कुनै कुराले हा’निकारक पनि छ । त्यसैले यसको प्रयोग सतर्कताका साथ गर्दा यसबाट क्षति बेहोर्नु पर्दैन । हरेक कुराको केही राम्रा र केही नराम्रा पाटाहरु हुन्छन् । कस्तो पाटो औंल्याउने त्यो हामीमा भर पर्छ । त्यसैले फेसबुकको प्रयोग पनि सावधानीका साथ गर्नुपर्छ ।- अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।