• स्मार्टफोनकेा डाटा चोर्ने २४ खतरनाक एप्स

    September 17, 2019     2:38 pm

    एउटा साइबर सेक्योरिटी कम्पनीले हालै एन्ड्रोइड स्मार्टफोनमा एक मालवेयर पत्ता लगाएको छ । उक्त मालवेयरले २४ वटा एन्ड्रोइड एपमा आक्रमण गरेको छ । ती एपका प्रयोगकर्ता ४ लाख ७२ हजार भन्दा धेरै रहेका थिए । मालवेयरले ती एपमा आक्रमण गरेसँगै प्रयोगकर्ताका डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले ती एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ ।

    गुगल प्ले स्टोरमा ती एप्सलाई एक नयाँ खाले ट्रोजनबाट संक्रमित पाइएको थियो । उक्त ट्रोजन भाइरसको नाम जोकर राखिएको छ । उक्त ट्रोजले विज्ञापन देखाउने वेबसाइटसँग चुपचाप सम्पर्क गर्दछ र एप्स प्रयोगकर्ताका डाटा ती वेबसाइटसँग शेयर गर्दछ । एपमा छिरेको उक्त भाइरसले स्मार्टफोनमा रहेका एसएमएसका साथै फोनको कन्ट्याक्ट लिष्ट तथा डिभाइसमा रहेका अन्य खाले जानकारी तथा डाटाहरु समेत लिएर अरुलाई दिने गर्दछ । यतिमात्र होइन यसले मोबाइल फोनको आइएमइआई नम्बर तथा सिरियल नम्बर समेतको जानकारी चोरी गर्ने गर्दछ । यस्तो खतरनाक मालवेयरले आक्रमण गरी प्रयोगकर्ताका डाटा चोरी गरिरहेका एपहरु यी हुन्ः

    Advocate Wallpaper: Age Face, Altar Message, Antivirus Security — Security Scan, Beach Camera, Board picture editing, Certain Wallpaper, Climate SMS, Collate Face Scanner, Cute Camera, Dazzle Wallpaper, Declare Message, Display Camera

    Great VPN, Humour Camera, Ignite Clean, Leaf Face Scanner, Mini Camera, Print Plant scan, Rapid Face Scanner, Reward Clean, Ruddy SMS
    Soby Camera, Spark Wallpaper

    समाचार अनुसार मोबाइलको डाटा चोर्ने संक्रमित एपहरुबाट हालसम्म विश्वका विभिन्न ३७ देशका प्रयोगकर्ता प्रभावित भएका छन् । जसमा Australia, Austria, Belgium, Brazil, China, Cyprus, Egypt, France, Germany, Ghana, Greece, Honduras, India, Indonesia, Ireland, Italy, Kuwait, Malaysia, Myanmar, Netherlands, Norway, Poland, Portugal, Qatar, Republic of Argentina, Serbia, Singapore, Slovenia, Spain, Sweden, Switzerland, Thailand, Turkey, Ukraine, United Arab Emirates, United Kingdom, and United States रहेका छन् । एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।