• झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु, झाँक्री फरार

    September 17, 2019     2:07 pm

    केशव अधिकारी धादिङ,३१ भदौ ः जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चि’रेर थला पारिदिएका विरामीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा झाँक्रीबाट भदौ १५ गते व्लेडले पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार सांझ ७ वजे तिर जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

    जण्डिसले थलिएको विरामी राजुको पेट चि’रेर अशक्त बनाएपछि भदौ २५ मा उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ झरेका राजु २ महिना देखि जन्डिसले थलिएका थिए । जण्डिसको उपचार गरिदिने भन्दै आफूलाई महायान लामा झाँक्री बताउने धादिङबेसीका गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई आफ्नै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चि’रेर विकार निकाले बापत लामाले विरामी संग ८ हजार ३ सय ८० रुपैयाँ पनि लिएको राजुकी श्रीमती विमला मगरले वताईन ।

    झाँक्रीले पेटमा प्वाल पारिदिएपछि स्वास्थ्य अवस्था झनै जटिल भएपछि राजुलाई उपचारका लागि काठमाडौँको नयाँ वजार स्थित पिपुल मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर विरामीलाई फिर्ता गरिदिएपछि आफन्तले राजुको उपचार जिल्ला अस्पतालमा ल्याएर गरिरहेका थिए । लामा विरुद्ध परिवारजनले यस अघिनै जिल्ला प्रहरीमा उजुरी दर्ता गराएको भएपनि उनी फरार छन् । लामाको खोजीमा प्रहरी लागि रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।