• займ онлайн

    सिधाने होम स्टेमा हाइकर्सको भव्य स्वागत

    September 16, 2019     7:32 pm

    पोखरा भदौ ३०। हाइकर्स नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाईकिङ नाराका साथ संचालन भई रहेको हाईकिङ भाग ६ मा पोखरा २३ सिधानेमा रहेको सिधाने सामुदायिक होम स्टेका संचालनहरुले स्वागत गरेका हुन्।

    हाइकर्सहरुलाई स्वागत गर्दै पंचासेको काखमा रहेको सिधाने सामुदायिक होम स्टेकी अध्यक्ष बालशोभा गुरुङले सिधाने होस स्टेको प्रचारप्रसार गरिदिन अनुरोध गरेकी थिईन । त्यसैगरी अर्का संचालक शन्तबहादुर गुरुङले पानीमा रुझ्दै भिज्दै भएपनि आफ्नो गाउँमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको वताउँदै वर्षामा भन्दा हिउँदमा आउन सल्लाह दिनु भएको थियो ।

    गुरुङ संग्राहलयको लागि आफ्नो घर दिएका पदमबहादुर गुरुङले स्थानिय वासिन्दाले वनाएको वाटोमा हिउद वर्षा बाह्रैमास गाडि चलेको स्मरण गराउँदै हाल ठेकदारले वनाउन सुरु गर्दा पहिलेको वाटो पुरै भत्केकोकारण गाउँले र पर्यटकलाई दुःख भएको वताए । हाईकिङमा पोखरामा गत वर्षको चैत्र महिनादेखि पदयात्रामा रमाउनेहरु सहभागी हुदै आएका छन् । हाईकिङले स्वास्थ्य प्रति सचेत हुन, ग्रामिण पर्यटनको विकासमा टेवा पु¥याउन मद्धत पुग्ने हाईकिङका संयोजक कृष्ण रानाभाटले वताए ।

    हाईकिङ संगै विभिन्न सहयोग तथा सरसफाईको सचेनता मुलक कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले सहकार्य गर्दै आएको क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले वताए । उनले हाईकिङ भाग ५ मा अन्नपुर्ण आविलाई टिभि र डिसहोम वितरण गरेको तथा भाग ६ मा माक्स र ग्लोब्स हाइकिङमा सहभागीले सरसफाई गरेका थिए । हाईकिङमा स्कुल पढ्ने विद्यार्थीदेखि ६०÷६५ वर्ष सम्मका घुम्न मन पराउनेहरु आफ्नो खर्चले सहभागी हुदै आएका हाईकिङका संयोजक ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले वताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।