• займ онлайн

    एनआरएन युकेमा मत गणना शुरु, शेर सुनार समूहद्वारा बहिस्कार

    September 16, 2019     8:04 am

    लन्डन– एनआरएन युकेको अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार समर्थित समूहले एउटा बुथ कब्जा गरिएको भन्दै पुनः मत गणना गराउन माग गरिरहंदा पनि त्यसलाई अवज्ञा गर्दै निर्वाचन समितिले एकलौटी रुपमा मत गणना शुरु गरेको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त रिटायर्ड मेजर डमर घलेले आफु मर्नु परे पनि मत गणना गरेरै छाड्ने बताए।

    उनले आफुहरुले सहमतिको लागि प्रयास गरेको तर एक, दुइ जना लिडरले गर्दा सहमति हुन नसकेको आरोप लगाए। समावेशी समूहको तर्फबाट उम्मेदवार बनेका शेरबहादुर सुनार समर्थित समूहले शनिवार भएको चुनावमा एउटा बुथ कब्जा गरिएको आरोप लगाउंदै विवादमा रहेका तीन ओटै मतदान केन्द्रहरुमा फेरी चुनाव गराउन माग गरेको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै शेर सुनारले शनिवार आफु बेजिंगस्टोक मतदान केन्द्रमा पुग्दा एकै जनाले चार ओटा मतपत्रमा चिनो लगाइरहेको देखेको बताए। त्यस पछि आफुले निर्वाचन समिति समक्ष उजुरी दिएको तर प्रमुख निर्वाचन आयुक्तले कुनै सुनुवाई नगरेको बताए। यस अघि एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउंदै शेर सुनार समूहले निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दीइसकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न पनि माग गरेको थियो, तर आइतबार अबेरसम्म केन्द्रको कुनै खबर आएन।

    शेर सुनार समूहले एनआरएन युकेको कुनै छाप नलागेको एउटा कालो बाकसमा ल्याईएका मतपत्रहरु पनि मिसाएर गणना गर्ने कोशिश भईरहेको आरोप लगाएको छ। शेर सुनार समूहले बेजिंगस्टोकमा एकलौटी मत खसालिएको दावी गरेको छ भने पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो र अल्डरशटमा पनि अनियमितता भएको लिखित उजुरी दिएका छन्। निर्वाचनमा धाँधली भएको र पुनः मतदानको लागि चासो नदेखाएको भन्दै कार्यसमितिले बहुमतले निर्वाचन समितिलाई बिघटन गरेको छ । उपाध्यक्ष ललित कुमार न्यौपानेको अध्यक्षतामा अल्डरशटमा बसेको बैठकले डमर घले नेतृत्वको निर्वाचन समितिलाई बिघटन गर्ने निर्णय गरेको हो । तर कार्यकाल सकिन लागेका अध्यक्ष योग कुमार फगामी भने बैठकमा उपस्थित भएनन्।

    उनले पुनम गुरुङको टिमबाट आइसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन् । यसैबीच नर्दन आयरल्याण्ड बात उपाध्यक्ष नारायण कंडेल राजिनामा दिने घोषणा गरेका छन् । निर्वाचन समितिले निष्पक्ष निर्वाचन गर्न नसकेको र आफ्नो कमजोरी स्वीकार गर्न अस्वीकार गरेको भन्दै कंडेलले राजिनामा दिने निर्णय गरेका हुन् । झन्डै साढे तेह्र हजार मतदाता सहित संसारकै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न सफल एनआरएन युकेको पछिल्लो विवादले धेरै मतदाताहरु निराश भएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।