• दशैं देखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

    September 15, 2019     3:38 pm

    काठमाडौं भदौ २९ । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छुट दिने निर्णय लिएको हो ।आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

    ‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले भने । १२ असोज देखि १७ कात्तिकसम्म दशै‌, तिहार, छठलगायतका चाड पर्छन् ।बिमानस्थल कर र इन्धनको मूल्यमा बाहेक बायुसेवा कम्पनीले लिने भाडामा छुट दिन लागिएको आयोनका अध्यक्ष क्या. रामेश्वर थापाको भनाइ छ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।

    ‘जहाजको टिकट लिँदा ट्राभल एजेन्सी तथा अन्य माध्यमबाट छुट नपाइन सक्छ, त्यसकारण काउन्टरबाटै टिकट काट्न आग्रह गरिएको हो,’ सदस्य प्रज्वल थापाले भने ।विगतका दशैंमा यसबेला सबै कम्पनीको उडानका टिकट सकिन्थे, अहिले भने नियमित उडानका टिकटसमेत बुकिङ हुने क्रम जारी छ ।

    यसबाहेक कम्पनीहरुले दशैं–तिहारमा बढी चाप हुने समयमा अतिरिक्त उडान थपेर पनि टिकट काट्ने गर्छन् । यात्रुको माग अनुसार उडान थपघट हुने थापाले बताए ।‘विगतमा झैँ टिकट पाउन मारामार हुँदैन,’ उनले भने, ‘फूलपातीदेखि दशमीसम्म काठमाडौंबाट बाहिर जाने र एकादशीदेखि २/३ दिनसम्म काठमाडौं आउने उडान अलि चाप हुन्छ ।’दशैंको मुख पारेर श्री एयरलाइन्सले दुई र बुद्ध तथा यति एयरलाइन्सले एक/एक जहाज यसै वर्ष थपेका छन् । ती चारवटै जहाज ७० सीटभन्दा माथिका ठूला जहाज हुन् ।अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।