• सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ

    September 15, 2019     2:22 pm

    काठमाडौं भदौ २९ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शाहीले आइतबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा झ’गडा भएपछि सुरक्षाका लागि भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले जनाए । शाहीले आयोजना गरेको पत्रकारसम्मेलनमा उपस्थित भएका र आफूलाई पत्रकार भन्नेहरुले शाहीमाथि हातपात प्रयास गरेका थिए ।

    किन आयोजना गरे पत्रकार सम्मेलन ?

    शनिवार नेपालगञ्ज विमानस्थनबाट उडान भर्न लागेको बुद्ध एयरको विमान भित्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही यात्रु खनिएको भिडियो सार्वजनिक भएको थियो ।

    शाही लगायतका यात्रुले मन्त्रीका कारण एक घन्टा विमान रोकिएको भन्दै मन्त्री भट्टराईमाथि खनिएका थिए ।काठमाडौं आएसँगै मन्त्री भट्टराईले आफ्ना कारण विमान उडानमा १५ मिनेट ढिलाई भएको र त्यसबारेमा विमान कम्पनीलाई जानकारी गराइएको जनाएका छन् ।भट्टराईले आफ्ना कारण भएको ढिलाइप्रति माफी मागेका छन् । तर, शाहीले भने विमान १५ मिनेट नभइ एक घन्टा ढिला भएको र मन्त्रीले ढाँटेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।